स्वास्थ्य

नेपाल स्काउट र राष्ट्रिय सेवा दलका सदस्यलाई पहिलो डोजको खोप दिइँदै

Banner

काठमाडौं, भदौ ९ – कोभिड-१९ विरुद्धको पहिलो डोज खोप नेपाल स्काउट र राष्ट्रिय सेवादलका सदस्यलाई  दिन सुरु गरिएको छ ।

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काका अनुसार नेपाल स्काउट र राष्ट्रिय सेवादलका १८ वर्ष उमेर पुगेका व्यक्तिलाई बुधबारदेखि नै पहिलो डोज दिन सुरु गरिएको हो ।

प्रमुख  खड्काका अनुसार यसअघि निर्धारण गरिएका खोप केन्द्रहरुमा पुगेर खोप लगाउने व्यवस्था मिलाइएको छ। बिहीबारसम्म चल्ने यो खोप अभियानमा खोप केन्द्रमा उपलब्ध भएको भेरोसेल वा एस्ट्राजेनेकाको खोप लगाउन सक्ने खड्काले बताए । त्यस्तै उक्त समूहका व्यक्तिले खोप लगाउन जाँदा विद्युतीय अनलाइन दर्ता अनिवार्य साथै लिएर जानुपर्ने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>