Breaking News

भरतपुर अस्पतालमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु, आज चितवनमा ६१ संक्रमित थपिए

Banner

चितवन, भदौं ८-

चितवनमा कोरोना संक्रमणबाट आज एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार नवलपरासीका एक जनाको अस्पतालमा मृत्यु भएको हो ।

अहिले चितवनका विभिन्न अस्पतालमा कोरोनाका १६६ जना बिरामीले उपचार गराइरहेका छन् । जसमध्ये ६१ बिरामी आईसीयूमा, भेन्टिलेटरमा १६ जना, एचडीयूमा २३ जना र जेनरल बेडमा ८२ जना रहेका छन् । त्यस्तै चितवनमा विगत २४ घण्टामा विभिन्न अस्पतालबाट कोरोनाका २५ जना बिरामी डिस्चार्ज भएका छन् ।
चितवनमा आज ६१ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार भरतपुर महानगरपालिकामा ४९ जना, खैरहनीमा तीन जना, रत्ननगर नगरपालिकामा ६ जना, राप्तीमा एक जना र कालिकामा एक जना कोरोना संक्रमित थपिएका हुन् ।

चितवनमा सक्रिय संक्रमितको संख्या एक हजार ८७६ जना रहेका छन् । जसमध्ये घरमा आइसोलेसनमा एक हजार ७६० जना, अस्पतालको आइसोलेसनमा ११३ जना र सार्वजनिक आइसोलेसनमा तीन जना रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>