क्रिकेट
नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक
०

काठमाडौँ, भदौ ७–
खुल्ला आवदेनबाट छनौट गरिएको नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक भएको छ ।
जर्सीको स्पोन्सर गरेको माइ सेकेण्ड टिचर्सका सहप्रमुख शुलभ बुढाथोकी र नेपाल क्रिकेट संघ क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहले सोमबार सार्वजनिक गरेका हुन् ।
जर्सीको प्रायोजक खोज्ने जिम्मा पाएको एड प्याडले सोमबार एक कार्यक्रमकाबीच नयाँ डिजाइनको जर्सी सार्वजनिक गरेको हो । आदर्श पोखरेलले डिजाइन गरेको जर्सीलाई नेपाली क्रिकेट टिमको नयाँ जर्सीका लागि फाइनल गरिएको हो । जर्सीको डिजाइनको विजेताले पनि एक लाख रुपैयाँ पुरस्कार पाएका छन ।
जर्सीमा नेपाली सस्कृती झल्किने गरेर डिजाइन गरिएको बताइएको छ । नेपालको राष्ट्रिय झण्डाको रंङमा जर्सीको डिजाइन गरिएको छ । यो जर्सी ओमान भ्रमामा निस्किन लागेको राष्ट्रिय टोलीले प्रयोग गर्नेछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















