गण्डकी

मुख्यमन्त्री पोखरेलद्वारा जनै पूर्णिमाको शुभकामना

Banner

गण्डकी, भदौ ६–

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सांस्कृतिक समृद्धिका लागि धर्म, संस्कृति र परम्पराको जगेर्ना आवश्यक रहेको बताउनुभएको छ । जनै पूर्णिमा, ऋषितर्पणी र गुँपुन्हीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले धर्म, संस्कृति र परम्पराजस्ता अमूल्य निधिको जगर्ने गर्नु सबैको दायित्व रहेको बताउनुभएको हो ।

“जनै पूर्णिमाका दिन तागाधारी समुदायले पुरोहितबाट नयाँ जनै फेर्नुका साथै हातमा रक्षाबन्धन बाँध्ने परम्परा छ । श्रावण शुक्ल पूर्णिमाकै दिन तराईमा दिदीबहिनीले दाजुभाइको नाडीमा राखी बाँधेर मनाउने गर्छन् । नेवारी समुदायले यो दिनलाई ‘गुँपुन्ही’ का रूपमा मनाउने परम्परा छ । यो दिनमा नौ थरि गेडागुडी मिसाएको क्वाँटी खाने र भ्यागुताको पूजा गरिन्छ । अहिले क्वाँटीको स्वादले अन्य समुदायको भान्सामा पनि स्थान पाएको छ । ”सन्देशमा उल्लेख छ ।

सन्देशमा भनिएको छ, “विविध धर्म संस्कृतिको धनी हाम्रो मुलुक धार्मिक सहिष्णुताको अनुकरणीय नमूना हो । एकै दिन पर्ने पर्वलाई समुदाय विशेषअनुसार फरक तरिकाले मनाइनु पनि धार्मिक सहिष्णुताकै सबैभन्दा दरिलो उदाहरण हो ।”

कोभिड–१९ को त्रास कायमै रहेको जनाउँदै स्वास्थ्य मापदण्ड पालना गर्दै सजगता अपनाएर पर्व मनाउन समस्त प्रदेशवासीमा उहाँले सन्देशमार्पmत अनुरोध गर्नुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>