चितवन विशेष

कवि सुमन घिमिरेको दुई काव्य कृति लोकार्पण

Banner

चितवन, भदौ ५–

चितवनका युवा कवि सुमन घिमिरेको दुई वटा काव्य कृति आज (शनिबार) एकै पटक लोकार्पण गरिएको छ । सौराहामा आयोजित कार्यक्रममा नेपाली भाषाको कविता संग्रह ‘सूनको टप’ र अंग्रेजी भाषाको कविता संग्रह ‘साइक्लोन अफ फायर’ लोकार्पण गरिएको हो।

दुई दुई संग्रह मुलुकको समसामयिक विषयवस्तु माथी केन्द्रित छ । यी काव्य कृति नियात्राकार प्रतिक ढकालले लोकार्पण गरे । ‘सुनको टप’मा ४१ वटा कविता समावेश छन् । कविता मार्फत नेपालको अतिक्रमित भूमि लिपुलेक र लिम्पियाधुरा कागजमा मात्रै फिर्ता भएको भन्दै ब्यवहारिक कार्यान्वयनका लागी आवाज उठाईएको छ ।

कवि घिमिरेको वि.सं.२०६८ मा पहिलो कविता संग्रह ‘मेरो बैंसको क्यालेण्डर’ सार्वजनिक भएको थियो । यी दश वर्षको बीचमा लेखिएका प्रतिनिधि कविताहरुलाई यस संग्रहमा स्थान दिएको कवि घिमिरेले बताए ।

कार्यक्रममा कवि भूपिन र चेतराज रेग्मीले कविताको समिक्षा गरेका थिए । यस्तै कविताको समिक्षा गर्दै कविडाँडा साहित्य समाज चितवनका अध्यक्ष साहित्यकार एलबी क्षेत्रीले मुलुकको वास्तविकता कविता मार्फत चित्रण भएको बताए ।

दुई कृतिको प्रकाशक गोर्खा पब्लिकेशन्स प्रा.लि.को आयोजना र कविडाँडा साहित्य समाज चितवनको संयोजनमा कार्यक्रम सम्पन्न भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>