खेलकुद

साफ च्याम्पियनसिपको खेल तालिका परिवर्तन

Banner

काठमाडौँ, भदौ ५–

माल्दिभ्समा हुने १३ औं संस्करणको साफ च्याम्पियनसिपको खेल तालिकामा परिवर्तन गरिएको छ । परिवर्तित तालिका अनुसार अक्टोबर १ देखि १६ सम्म हुनेछ । अक्टोबर १ अर्थात असोज १५ गते उद्घाटन खेलमा नेपालले घरेलु टोली माल्दिभ्ससंग नै खेल्नेछ ।

नेपालले खेल्ने अन्य खेलको मिति भने हेरफेर भएको छ । अब नेपालले दोस्रो खेल अक्टोबर ४ अर्थात असोज १८ गते श्रीलंकासंग खेल्नेछ । त्यस्तै तेस्रो खेल भारतसंग अक्टोबर १० अर्थात असोज २४ गते खेल्नेछ भने चौथो खेल अक्टोबर १३ अर्थात असोज २७ गते बंगलादेशसंग खेल्नेछ ।

भुटान र पाकिस्तान सहभागी नभएकोले यस पटक साफमा ५ टिमले प्रतिस्पर्धा गर्नेछन् र राउण्ड रोविन लिगका आधारमा खेल हुनेछ ।
नेपाल पछिल्लो पटक सन् २०१८ मा बंगलादेशमा भएको साफमा सेमिफाइनलबाटै बाहिरिएको थियो । उपाधिको दाबेदार रहेको नेपाल सेमिफाइनलमा माल्दिभ्ससंग ३–० ले पराजित भएको थियो ।

लिगपछि शीर्ष दुई टिमबीच फाइनल खेल हुनेछ । फाइनल अक्टोबर १६ अर्थात असोज ३० गते हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>