समाचार

जन प्रतिनिधि माथि कुटपिट गर्ने ८ जना पक्राउ

Banner

बारा, भदौं ४- बाराको कलैया उपमहानगरपालिका २७ की वडा सदस्य तारादेवी पासवानलाई स्थानीयवासीले कुटपिट गरेका छन् ।  उनलाई स्थानीय जोगिन्द्र साहसहितको समूहले कुटपिट गरेको प्रहरीले जानकारी दिएको छ ।

आक्रमणकारीहरुले महिला सदस्य पासवानलाई खम्बामा बाँधेर  गाउँकै एक महिलालाई अर्का पुरुषसँग भगाउन सहयोग गरेको आरोलगाएर हातपात गरेको थिए। उनको  उद्दार गरी हाल उपचारका लागि कलैया अस्पतालमा भर्ना गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

प्रहरीका अनुसार आक्रमणमा संलग्न रहेको  ८ जनालाई पक्राउ गरेर हाल बारा जिल्ला अदालतमा समाजिक अपराध अन्तर्गत अभद्र तथा अमानवीय व्यवहार विरुद्धको मुचलेको  छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>