क्रिकेट

नेपालमा इपीएलको प्रत्यक्ष प्रशारण हिमालय एचडीमा

Banner

काठमाडौँ, भदौ ५–

नेपालकै ठूलो क्रिकेट लिग एभरेष्ट प्रिमियर लिग (इपीएल) टि–२० क्रिकेटको प्रत्यक्ष प्रशारण नेपालमा हिमालय टेलिभिजन एचडीले गर्ने भएको छ । इपीएलले फेसबुक मार्फत हिमालय टिभी अफिसियल ब्रोडकास्टर हिमालय टिभी रहेको जानकारी दिएको हो ।

नेपालमा टिभी मार्फत हिमालय टिभी र अनलाइनमा ओएसआर स्पोर्टसले प्रत्यक्ष प्रशारण गर्ने छ । यस्तै विदेशमा कुन टिभीले प्रत्यक्ष प्रशारण गर्ने भन्ने बारेमा केही दिनमै आयोजकले आधिकारिक जानकारी दिने जनाएको छ । सम्भवत वानस्पार्टसले विदेशमा इपीएल प्रत्यक्ष प्रशारण गर्नेछ । यसअघिका संस्करण एपीवान टिभीले प्रत्यक्ष प्रशारण गरेको थियो ।

चौथो संस्करणको यस प्रतियोगिता सेप्टेम्बर २५ देखि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ । यसपटकको संस्करणमा चर्चित विश्वस्तरका खेलाडीहरु शाहिद अफ्रिदि, शोयब मलिक, डानिस अजिज, दिनेश चण्डिमाललगायतका खेलाडीहरु खेल्दै छन् ।

प्रतियोगितामा चितवन टाइगर्स, ललितपुर प्याट्रियट्स, काठमाडौँ किंग्स ११, पोखरा राइनोज, बुटवल ब्लास्टर्स र बिराटनगर वारियर्स फ्रेन्चाइज टिम छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>