देश/प्रदेश

कलाकार शम्भुराज थापाको कोरोनाले निधन

Banner

काठमाडौँ, भदौ ५–

कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण कलाकार शम्भुराज थापाको निधन भएको छ । ५५ वर्षीय कलाकार थापाको पाटन अस्पतालमा आज (शनिबार) बिहान निधन भएको कलाकार हरिवंश आचार्यले जानकारी दिएका छन् । थापालाई तीन साता अगाडि कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएका उनको उपचारकै क्रममा निधन भएको हो । थापा तीन दशकदेखि कलाकारितामा सक्रिय रहेका थिए । थापाले थुप्रै टेलिसिरियल तथा केही चलचित्रमा अभिनय गरेका छन् । मह संचारको ‘आमा’, ‘मदनबहादुर हरिबहादुर’लगायतका टेलिसिरियलमा अभिनय गरेका थापाले राजेश हमाल, गौरी मल्ललगायतको अभिनय रहेको ‘आफ्नो बिरानो’ चलचित्र निर्माणसमेत गरेका थिए ।

पछिल्लो समय प्रशारण हुँदै आएका धेरै टेलिसिरियलमा उनले अभिनय गर्दै आएका थिए । ‘मेरी बास्सै’, ‘भद्रगोल’, ‘गोलमाल’ ‘हल्का रमाइलो’लगायतका टेलिसियिरयलमा उनी अभिनय गर्दै आएका थिए । ‘हल्का रमाइलो’मा काम गरेपछि उनी दर्शकमाझ ‘बखते’ चरित्रले चर्चित थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>