चितवन विशेष

रत्ननगर अस्पताल र जिल्ला आयुर्वेदिक अस्पताल मेरो प्राथमिकताः मन्त्री खनाल

Banner

चितवन, भदौ ४–

बागमती प्रदेशका सामाजिक विकास मन्त्री कृष्णप्रसाद खनालले जनस्तरबाट बनेको रत्ननगर अस्पताल र जिल्ला आयुर्वेदिक अस्पतालको विकासको लागि आफ्नो ध्यान केन्द्रित गर्ने बताएका छन् ।

रत्ननगर निवासी मन्त्री खनालको स्वागत तथा सम्मानमा रत्ननगर नगरपालिकाले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री खनालले रत्ननगर अस्पताललाई नमुना बनाउने र रत्ननगरमा रहेको जिल्ला आयुर्वेदिक अस्पताललाई रत्ननगरमै स्थापित गर्न आफुले भूमिका खेल्ने बताए । उनले विकास र बजेट विनियोजनलाई विवेकपूर्ण तरिकाले अगाडि बढाउने प्रतिवद्धता जनाए । समानुपातिक तरिकाले बजेट वितरण गरेर प्राथमिकताका आधारमा विकासका कामहरुलाई अगाडि बढाउने मन्त्री खनालको भनाई थियो । यस्तै मन्त्री खनालले सामाजिक विकास मन्त्रालयलाई भष्टाचारसंग जोडेर लागेको कालो दाग हटाउने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा मेयर नारायण वन, उपमेयर विमला दुवाडीले टोपी र दोसल्ला, वडाध्यक्ष, कार्यपालिका सदस्य तथा कर्मचारीहरुले खादा लगाइदिएर मन्त्री खनालको स्वागत तथा बधाई दिएका हुन् । मेयर वनले रत्ननगरले शिक्षा राज्यमन्त्रीपछि दोश्रो मन्त्रीको रुपमा प्रदेश अन्तर्गतको सामाजिक विकास मन्त्री पाएको भन्दै रत्ननगरको आर्थिक तथा सामाजिक विकासलाई उचाईमा पुर्‍याउने अवसर प्राप्त भएको बताए ।

कार्यक्रममा उपमेयर विमला दुवाडी, जिल्ला आयुर्वेदिक अस्पतालका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ, वडा नं २ का वडाध्यक्ष तिलकराज शर्मा, निमित्त प्रमुख प्रशासकीय अधिकृत बद्रिनारायण शर्मा लगायतले मन्तव्य राखेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>