खेलकुद

‘सी’ डिभिजन लिग छनौटः चितनवनको भरतपुर फुटबल क्लव समूह ‘पी’ मा

०
Banner

चितवन, भदौ ४–

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक सी डिभिजन लिग छनोट प्रतियोगिताको तालिका आज (शुक्रबार) सार्जनिक गरेको छ ।

एन्फा परिसर सातदोबाटोमा एक कार्यक्रमकाबीच एन्फाले खेल तालिका सार्वजनिक गरेको हो। सार्वजनिक तालिका अनुसार चितवनको प्रतिनिधित्व गरेको सेन्ट्रल कलेज भरतपुर फुटबल क्लव (बीएफसी) समूह ‘पी’ मा परेको छ । यस समूहमा बीएफसीसंगै मनमैजु फुटबल क्लव र हिमालय युवा क्लव रहेका छन् ।

एन्फाले सहभागी ७८ क्लबलाई २६ समूहमा विभाजन गरेको छ । प्रत्येक समूहमा ३ क्लब रहेका छन् । तालिका अनुसार एक क्लबले समूह चरणमा दुई खेल खेल्नेछन् ।

हरेक समूहको विजेताले दोस्रो चरणमा प्रवेश गर्नेछ । दोस्रो चरण तथा नक आउट चरणलाई ३ समूहमा विभाजन गरिएको छ । हरेक समूहका फाइनल विजेता सी डिभिजन लिगमा छनोट हुनेछन् ।

भदौ १० गतेबाट उपत्यकामा सुरु हुने छनोट प्रतियोगिताको उद्घाटन खेलमा समूह ए का सताक्षीधाम युवा क्लब र च्याम्पियन ब्वाइज फुटबल क्लब भिड्नेछन् । देशभरबाट ७८ क्लबको सहभागिता रहने लिग कार्तिक ८ समापन हुनेछ ।

प्रतियोगितामा पहिलोपटक सहभागिता जनाउँदै गरेको बीएफसीले उच्च मनोबलका साथ मैदानमा उत्रिदैछ । क्लवका प्रशिक्षक ध्रुव भुषालले खेलाडीहरुले निकै परिश्रमका साथ उत्रिन लागेकोले प्रतियोगितामा राम्रो प्रभाव छोड्ने दावी गरे । बीएफसीको टिम नारायणगढस्थित क्याम्पचौरमा प्रशिक्षणबाट अन्तिम टोली तयार हुँदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>