खेलकुद

‘सी’ डिभिजन लिग छनौटः चितनवनको भरतपुर फुटबल क्लव समूह ‘पी’ मा

Banner

चितवन, भदौ ४–

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक सी डिभिजन लिग छनोट प्रतियोगिताको तालिका आज (शुक्रबार) सार्जनिक गरेको छ ।

एन्फा परिसर सातदोबाटोमा एक कार्यक्रमकाबीच एन्फाले खेल तालिका सार्वजनिक गरेको हो। सार्वजनिक तालिका अनुसार चितवनको प्रतिनिधित्व गरेको सेन्ट्रल कलेज भरतपुर फुटबल क्लव (बीएफसी) समूह ‘पी’ मा परेको छ । यस समूहमा बीएफसीसंगै मनमैजु फुटबल क्लव र हिमालय युवा क्लव रहेका छन् ।

एन्फाले सहभागी ७८ क्लबलाई २६ समूहमा विभाजन गरेको छ । प्रत्येक समूहमा ३ क्लब रहेका छन् । तालिका अनुसार एक क्लबले समूह चरणमा दुई खेल खेल्नेछन् ।

हरेक समूहको विजेताले दोस्रो चरणमा प्रवेश गर्नेछ । दोस्रो चरण तथा नक आउट चरणलाई ३ समूहमा विभाजन गरिएको छ । हरेक समूहका फाइनल विजेता सी डिभिजन लिगमा छनोट हुनेछन् ।

भदौ १० गतेबाट उपत्यकामा सुरु हुने छनोट प्रतियोगिताको उद्घाटन खेलमा समूह ए का सताक्षीधाम युवा क्लब र च्याम्पियन ब्वाइज फुटबल क्लब भिड्नेछन् । देशभरबाट ७८ क्लबको सहभागिता रहने लिग कार्तिक ८ समापन हुनेछ ।

प्रतियोगितामा पहिलोपटक सहभागिता जनाउँदै गरेको बीएफसीले उच्च मनोबलका साथ मैदानमा उत्रिदैछ । क्लवका प्रशिक्षक ध्रुव भुषालले खेलाडीहरुले निकै परिश्रमका साथ उत्रिन लागेकोले प्रतियोगितामा राम्रो प्रभाव छोड्ने दावी गरे । बीएफसीको टिम नारायणगढस्थित क्याम्पचौरमा प्रशिक्षणबाट अन्तिम टोली तयार हुँदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>