Breaking News

३ हजार ७५ जनामा संक्रमण पुष्टि , ३३ जनाले गुमाए ज्यान

Banner

स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ७५ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ४३८ जनामा कोरोना परीक्षण गर्दा ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ११ हजार ९४६ जनाको पिसिआर र ४ हजार ४९२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

त्यस्तै, २ हजार १२६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने ३३ जनाले ज्यान गुमाएका छन्।

 यो सँगै नेपालमा कोरोना  संक्रमणबाट ज्यान  मृत्यु हुनेको संख्या १० हजार ४२९ पुगेको छ  । हाल सक्रिय संक्रमित ४० हजार ५ सय छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>