Breaking News

चितवनमा आज कोरोना संक्रमणबाट तीन जनाको मृत्यु, थप १३९ जना कोरोना संक्रमित

Banner

चितवन, भदौं ३-

चितवनमा कोरोना संक्रमणबाट आज तीन जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय चितवनको अनुसार भरतपुर अस्पतालमा एक जना र चितवन मेडिकल कलेजमा दुई जनाको मृत्यु भएको हो । मृतक मध्ये चितवनका दुई जना र नवलपुरका एक जना रहेका छन् ।

त्यस्तै विगत २४ घण्टामा चितवनका विभिन्न अस्पतालबाट १९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । विभिन्न अस्पतालमा १९७ जना रहेका छन् । जसमध्ये आईसीयूमा ७१ जना, भेन्टिलेटरमा २१ जना, एचडीयूमा ३८ जना र जेनरल बेडमा ८८ जना रहेका छन् ।

चितवनमा आज १३९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय चितवनको अनुसार भरतपुर महानगरपालिकामा ८५ जना, खैरहनीमा चार जना, माडीमा १६ जना, रत्ननगर नगरपालिकामा ३७ जना, राप्तीमा चार जना र इच्छाकामनामा तीन जना रहेका छन् । यो सँगै चितवनमा सक्रिय संक्रमितको संख्या दुई हजार ३४९ जना रहेका छन् । जसमध्ये घरमा आइसोलेसनमा दुई हजार १९५ जना, अस्पतालको आइसोलेसनमा १५० जना र सार्वजनिक आइसोलेसनमा चार जना रहेका छन् । अहिलेसम्म चितवनमा कोरोना संक्रमणबाट ३७५ जनाले ज्यान गुमाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>