Breaking News

चितवन प्रशासनले माग्यो अफगानिस्तानमा रहेका नेपालीहरुको विवरण, सकुशल उद्धारको तयारी

Banner

चितवन, भदौं ३-

चितवन प्रशासन कार्यालयले चितवनबाट अफगानिस्तान गएका नागरिकहरुको विवरण माग गरेको छ ।

प्रशासनले आज एक सार्वजनिक सूचना जारी गर्दै अफगानिस्तानमा विकसित घटनाक्रमसँगै अलपत्र परेका चितवनबासीहरुको सकुशल उद्धारको लागि पहल गर्न लागेको जनाएको हो ।

प्रशासनले सूचनमा चितवनका नागरिक कोही भए परिवारका सदस्यहरुलबाट नाम, ठेगाना र सम्पर्क नम्बरसहितको विवरण उपलब्ध गराइदिन भनेको छ । यदि कोही भएमा स्थानीय तह, जिल्ला प्रशासन कार्यालय वा प्रहरी कार्यालयमा बुझाउन सक्ने जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>