चितवन विशेष

बालिका आश्रममा लायन्स क्लब अफ चितवन साइनिङ लेडीजको सहयोग

Banner

चितवन, भदौँ ३–

लायन्स क्लब अफ चितवन साइनिङ लेडीजले स्वास्थ्य सामग्री तथा कपडा सहयोग गरेको छ ।

क्लबकी संस्थापक रञ्जु शर्मा उप्रेतीको जन्मदिनको अवसर क्लवले देवघाटस्थित राम जानकी बालिका आश्रमका बालिकाहरुलाई स्वास्थ्य सामग्री तथा कपडा सहयोग गरेको हो । उनीहरुलाई सेनेटरी प्याड र कोभिडलाई मध्यनजर गर्दै स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको क्लवकी अध्यक्ष निरु कार्कीले जानकारी दिइन् । यस्तै सोही अवसरमा क्लबकी संस्थापक सदस्य बिनु लामा श्रेष्ठ मार्फत प्राप्त ३० थान जिन्सको जकेट समेत बालिकाहरुलाई हस्तान्तरण गरिएको कार्कीले जानकारी दिइन् ।

कार्यक्रमको प्रमुख अतिथि लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी टु की रिजन चियर पर्सन दुर्गा लक्ष्मी श्रेष्ठ रहेकी थिइन् ।

यस्तै कार्यक्रममा लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी टु का डिष्ट्रिक्ट एक्जुकिटिभ चिफ सिदार्थलाल चुके, डिष्ट्रिक्ट चिफ प्रविन श्रेष्ठ, एरिया नं.३ का एरिया चिफ बालगोपल चुके, जोन चियर पर्सन बन्दना पिया, राम जानकी बालिका आश्रमकी संरक्षक एवंम अध्यक्ष साबित्री टन्डन, डिष्ट्रिक्ट प्रोग्राम मेम्बर सीता पौडेल, लायन्स क्लव अफ चितवन भ्वाइसका अध्यक्ष चाहना पियालगायतको उपस्थिति रहेको थियो ।

क्लवकी अध्यक्ष निरु कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको सचिव गौरी गुरूङले संचालन गरेकी थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>