Breaking News

फुट्यो एमाले, माधव नेपाल समूह दल दर्ता गर्न निर्वाचन आयोग पुग्यो

Banner

काठमाडौँ, भदौँ २–

अन्ततः प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) फुटेको छ । वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा एमाले फुटेको हो । नेता नेपालको नेतृत्वमा नयाँ दल ‘नेकपा एमाले समाजवादी’ बनाउने निर्णय भएको छ । नेपाल समूह ‘नेकपा एमाले समाजवादी’ दर्ताका लागि निर्वाचन आयोगतर्फ लागेको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मात्र संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेकी थिइन् । त्यसपश्चात आज अर्याल होटलमा बसेको बैठक पछि माधव समूह निर्वाचन आयोग प्रस्थान गरेको हो ।

नयाँ दलको चुनाव चिन्ह खुला किताब प्रस्ताव गरिएको छ ।

वरिष्ठ नेता नेपालले केहीबेरमै निर्वाचन आयोगमा पार्टी दर्ता गरिने जानकारी दिए । ‘हामी निर्वाचन आयोग जान हिडेका छौँ’ नेता नेपालले नारायणी अनलाइनसंग भने ‘आजै पार्टी दर्ता गराउँछौ ।’ उनले विस्तारै पार्टीका सबै नेताहरुलाई समेट्दै जाने बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>