Breaking News

चितवनमा आज १०६ जना कोरोना संक्रमित थपिए, थप दुई जनाको मृत्यु

Banner

चितवन, भदौं २-

चितवनमा आज १०६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार भरतपुर महानगरपालिकामा ६९ जना, खैरहनीमा आठ जना, माडीमा सात जना, रत्ननगर नगरपालिकामा १४ जना, राप्तीमा पाँच जना, कालिकामा दुई जना र इच्छाकामनामा एक जना थपिएका हुन् ।

योसँगै चितवनमा संक्रिय संक्रमितको संख्या दुई हजार ३९३ पुगेको छ । जसमध्ये घरमा आइसोलेसनमा दुई हजार २३९ जना, अस्पतालको आइसोलेसनमा १५१ जना र सार्वजनिक आइसोलेसनमा तीन जना रहेका छन् ।

चितवनमा आज कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । जसमा भरतपुर अस्पतालका एक जना र चितवन मेडिकल कलेजमा एक जनाको मृत्यु भएको हो । विगत २४ घण्टामा चितवनका विभिन्न अस्पतालबाट २० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । त्यसैगरी चितवनका विभिन्न अस्पतालमा २०२ जना कोरोनाका बिरामीहरुले उपचार गराइरहेका छन् । जसमध्ये आईसीयूमा ७१ जना, भेन्टिलेटरमा २१ जना, एचडीयूमा ३८ जना र जेनरल बेडमा ९३ जना रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>