बजार

दराजमल फेस्टिभल आजदेखि सुरु

Banner

काठमाडौँ, भदौँ २–

नेपालको अग्रणी अनलाइन बजार, दराजले आज (बुधबार)देखि दराजमल फेस्टिभल सुरु गरेको छ। यस फेस्टिभल भदौ ८ गतेसम्म चल्ने छ । एस अभियानको मुख्य हाइलाइटहरू भने एड टु कार्ट, वेलकम गिफ्ट, मेगा भाउचर, बैंक कार्ड मार्फत अनलाइन प्री–पेमेन्टमा १५ प्रतिशत (रु ५०० सम्म) छुट, इमेज रिभिउ एंड विन, फलो एंड विन, बम्पर उपहारमा XIAOMI MI 11 X PRO 5G, निःशुल्क डेलिभरी साथै थुप्रै अरु पुरस्कार जित्ने मौका रहेको छ।

दराजमल, दराजद्वारा सुरु गरिएको एक अनलाइन शपिंग मल हो । जसमा सोनी, सामसंग,गोल्डस्टार, रिम्याक्स, वाइल्डहर्न साथै ३०० भन्दा बढी अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरु चित्रित छन्। १०० प्रतिशत प्रामाणिक उत्पादनहरु र १४ दिन फिर्ता नीतिसंग दराजमलले ग्राहकहरुलाई राम्रो किनमेलको अनुभव सुनिश्चित गर्नको लागी प्रदान गर्दछ। त्यसै कारण, दराजमल फेस्टिभल ग्राहकहरुको लागी अद्भुत मूल्यहरुमा आफ्नो मनपर्ने प्रीमियम ब्रान्डहरु खरिद गर्नको लागी एक सुनौलो अवसर हो।

विगतमा जस्तै, ग्राहकहरुले बैंक डेज छुट मार्फत डेबिट र क्रेडिट कार्डबाट प्री पेमेन्ट गर्दा थप १५ प्रतिशत (रु ५०० सम्म) छुट पाउन सक्छन। बैंक डेज अफर निम्नानुसार छन्।

–सोमबार (सानीमा बैंकको क्रेडिट कार्ड भुक्तानमा १५ प्रतिशत रु ५०० सम्मको छुट) डेबिट कार्ड भुक्तानमा १० प्रतिशत रु ५०० सम्मको छुट।

–बुधबार (एनआईसी एशिया बैंकको क्रेडिट कार्ड भुक्तानमा १५ प्रतिशत रु ५०० सम्मको छुट/ डेबिट कार्ड भुक्तानमा १० प्रतिशत रु ५०० सम्मको छुट

–बिहीबार (माछापुच्छ्रे बैंकको क्रेडिट कार्ड भुक्तानमा १५५ रु ५०० सम्मको छुट/ डेबिट कार्ड भुक्तानमा १० प्रतिशत रु ५०० सम्मको छुट

–बिहीबार ( मेगा बैंकको क्रेडिट कार्ड भुक्तानमा १५५ रु ५०० सम्मको छुट/ डेबिट कार्ड भुक्तानमा १० प्रतिशत रु ५०० सम्मको छुट

–बिहीबार ( हिमालयन बैंकको कार्ड भुक्तानमा १५ प्रतिशत रु ५०० सम्मको छुट

–शुक्रवार ( नबिल बैंक मार्फत १० प्रतिशत छुट (अधिकतम रु ५००)

–शनिबार ( स्टाण्डर्ड चार्टर्ड बैंकबाट मार्फत १० प्रतिशत छुट (अधिकतम रु ५००)

यसबाहेक, पहिलो पटक भिसा कार्ड मार्फत भुक्तानी गर्ने दराज ग्राहकहरूले २०५ सम्मको छुट पाउन सक्नेछन् । भिसा डेबिट कार्ड मार्फत प्री(पेमेन्ट गरेमा १५ ५ ९रु ५००० सम्म छुट र भिसा क्रेडिट कार्ड मार्फत प्री(पेमेन्टमा २०५ ९रु ५००० छुट पाउन सक्नेछन। त्यसै गरि, एनआईसी एशिया बैंक, सनराइज बैंक, सिटिजन्स बैंक र माछापुच्छ्रे बैंकको ग्राहकहरुले सजिलो मासिक किस्ता सेवा मार्फत शपिंग गर्न पाउने छन्। उल्लेखित बैंकका ग्राहकहरुले क्रेडिट कार्डको साथ आफुलाई मन परेको उत्पादनहरु सुन्य ब्याज र सुन्य डाउनपेमेन्टमा खरिद गर्न सक्दछन्।

यो बाहेक, ब्रान्ड अफ द डे जस्तो अफरले ग्राहकहरुलाई आफ्नो मनपर्ने ब्रान्डमा थप छूट प्राप्त गर्नको लागी एक अद्वितीय अवसर प्रदान गर्दछ। हरेक दिन, एक चयन दराजमल ब्रान्डले आफ्नो उत्पादनहरुमा विशेष छुट प्रदान गर्नेछ जस्तै अमय्रा फ्यासन हाउसले आफ्नो उत्पादनहरुमा ६५ प्रतिसत सम्मको छुट दिदै छ, एर्केले ५० प्रतिसत सम्मको छुट दिदै छ भने स्टार स्ट्रक बाई सन्नी लिओनले फ्ल्याट ४० प्रतिशतको छुट प्रस्ताब गर्दैछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>