बजार

काम नलाग्ने बन्यो भूगर्भ सिमेन्ट, गुणस्तर परीक्षणमा असफल

Banner

काठमाडौँ, भदौं १–

भूगर्भ पिपिसी सिमेन्टले गुणस्तरहिन सिमेन्ट उत्पादन गर्ने गरेको पुष्टि भएको छ ।

नेपाल गुणस्तर परीक्षणमा असफल भएसंगै भूगर्भ गुणस्तरहिन रहेको पुष्टि भएको हो । नमूना परीक्षणमा सिमेन्टको भारवहन क्षमता नेपाल गुणस्तर मापदण्ड बमोजिम नपाइएको नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको छ ।

गुणस्तर ‘फेल’ भएपछि भूगर्भ सिमेन्ट उद्योग प्रालिबाट उत्पादित सबै प्रकारका पीपीसी सिमेन्टको बिक्रीमा रोक लगाइएको विभागका प्रवक्ता दिनानाथ मिश्रले जानकारी दिएका छन् । सिमेन्टको कम्प्रेसिभ क्षमता परीक्षण गर्दा तीन दिनको नतिजा १६ एमपीए आउनु पर्नेमा ९ मात्रै आएको थियो । यस्तै ७ दिनको भारवहन क्षमता २२ एमपीए आउनु पर्नेमा १५ मात्रै आएको विभागले जनाएको छ ।

विभागले तोकेको नेपाल गुणस्तर मापदण्डभन्दा सिमेन्टको गुणस्तर निकै कम भएको प्रवक्ता मिश्रले जानकारी दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>