Breaking News
बेलायतमा जारी अनसन फिर्ता लिन गोर्खाहरुलाई नेपाल सरकारको आग्रह : कूटनीतिक माध्यमबाट समाधान गर्ने प्रतिवद्धता
०

काठमाडौं, ३२ साउन
नेपाल सरकारले बेलायतमा जारी आमरण अनसन फिर्ता लिन भूतपूर्व ब्रिटिस गोर्खाहरुलाई आग्रह गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सम्बोधन हुन बाँकी समस्या कूटनीतिक माध्यमबाट समाधान गर्ने प्रतिवद्धता जनाउँदै अनसन फिर्ता लिन आग्रह गरेको थियो ।
कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समस्या समाधान गर्नका लागि कूटनीतिक प्रक्रिया समेत अगाडि बढिसकेको बताउँदै अनसन लगायतका विरोध कार्यक्रम फिर्ता लिन भूतपूर्व ब्रिटिस गोर्खा सम्बन्ध सबैलाई आह्वान गरिएको बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























