Breaking News

नेपालमा थप २२१२ जनामा कोरोना, ३३ जनाको मृत्यु, १८६७ जना निको

Banner

काठमाडौं, साउन ३१
नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २१२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८८ पीसीआर परीक्षण गर्दा १ हजार ७९३ जना र ४ हजार १८ एन्टिजेन परीक्षण गर्दा ४ सय १९ गरी २ हजार २१२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

यससँगै देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार २९८ जना पुगेको छ । जसमध्ये ३५ हजार १८ जना होम आइसोलेसनमा रहेका छन् भने ४ हजार २८० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७५८ जना आईसीयू र १९३ जना भेन्टिलेटरमा उपचाररत् छन् । हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ३२ हजार ६९१ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ३३ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार २९२ पुगेको छ

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ८६७ जना निको भएका छन् । यससँगै नेपालमा हालसम्म ६ लाख ८२ हजार ६८२ जना निको भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>