Breaking News

हाइटीमा शक्तिशाली भूकम्पः ३ सय बढीको मृत्यु, २ हजार बढी घाइते (फोटो फिचर)

Banner

एजेन्सी, साउन ३१–

हाइटीमा शक्तिशाली भूकम्प जाँदा कम्तिमा ३०४ जनाको मृत्यु भएको छ । त्यसक्रममा २ हजार भन्दा बढी घाइते भएका छन् ।

स्थानीय समय अनुसार शनिबार बिहान हाइटीमा ७.२ म्याग्निच्युटको भूकम्प गएको थियो । यसको इपिसेन्टर सेन्ट–लुइस दुसुद भन्ने स्थानभन्दा १२ किलोमिटर टाढा रहेको अमेरिकन जिओलोजिकल सर्भेले जनाएको छ । भूकम्पको धक्का करिब १२५ किलोमिटर टाढा रहेको राजधानी पोर्ट ओ प्रिन्समा र छिमेकी देशहरुमा पनि महसुस गरिएको थियो ।

हाइटीका प्रधानमन्त्रीले भूकम्पबाट व्यापक क्षति पुगेको भन्दै एक महिने आपतकाल घोषणा गरेका छन् । भूकम्पबाट मानिसहरुका घर, चर्च, होटेल लगायतका संरचनाहरु भत्किएका छन् ।

सन् २०१० मा गएको विनाशकारी भूकम्पबाट हाइटी बल्ल बल्ल तंग्रिदै गएको बेला फेरि अर्को विपत्तीको सामना गर्नु परेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>