Breaking News
देशभर थप दुई हजार ६२४ मा कोरोना संक्रमण, २० को मृत्यु
०

काठमाडौँ, साउन ३०-
पछिल्लो २४ घण्टामा थप दुई हजार ६२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार १३ हजार ५७३ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा आठ हजार ६६७ जनाको पीसीआर र चार हजार ९०६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
त्यस्तै, एक हजार ३२० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । अहिलेसम्म छ लाख ८० हजार ८१५ जना कोरोना मुक्त भएका छन् । यसको संक्रमणबाट थप २० जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या १० हजार २५९ पुगेको छ। यस्तै संक्रमितमध्ये काठमाडौं उपत्यकामा ७९५ जनालाई संक्रमण देखिएको छ । काठमाडौंमा ५३५, भक्तपुरमा ९६ र ललितपुरमा १६४ संक्रमित थपिएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















