Breaking News

नेपालमा थप ३२१८ जनामा कोरानो, सक्रिय संक्रमितको संख्या ३५ हजार नाघ्यो

Banner

काठमाडौं, २३ साउन
नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार २१८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८६६ जनाको पीसीआर परीक्षणमा २ हजार २३१ र ४ हजार ७०७ एन्टिजेन परीक्षणमा ९८७ जना गरी ३२१८ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३५ हजार ४३२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १९ जना संक्रमितको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ७२२ संक्रमित निको भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>