समाचार
शास्त्रीय नृत्यकार रञ्जितको निधन
०
काठमाडौँ, साउन १६ –
वरिष्ठ शास्त्रीय नृत्यकार हनुमानदास रञ्जितको ७८ वर्षको उमेरमा निधन भएको छ ।
लामो समयदेखि मिर्गौलासम्बन्धी उपचार गराइरहनुभएका कलाकार रञ्जितको यही साउन १० गते निधन भएको पारिवारिक स्रोतले जनाएको छ । अरनिको कल्चरल सोसाइटी सांस्कृतिक संस्थाका संस्थापक रञ्जितले नेपालका परम्परागत शास्त्रीय नाच स्वदेश र विदेशमा समेत प्रवद्र्धनमा योगदान पु¥याउनुभएको थियो ।
भारतको मुम्बईबाट शास्त्रीय नृत्य, भरत नाट्यम, कत्थकली, मनिपुरीमा विशिष्टता हाँसिल गर्नुुभएका रञ्जितले नेपालको शास्त्रीय नृत्यको विकास र विस्तारमा झण्डै आधा शताब्दी योगदान दिनुुभएको उहाँका सहकर्मी एवं वरिष्ठ पत्रकार ध्रुव थापाले बताउनुभयो । गोरखा दक्षिणबाहु चौथोबाट विभूषित पाटनका बासिनदा रञ्जितका श्रीमती र दुई छोरा हुनुहुन्छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























