राजनीति

दलित समुदायका थर सूचीकरण गर्नुअघि मन्त्रालयद्वारा सुझाव माग

Banner

काठमाडौँ, साउन २३ –

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय दलित आयोगबाट सिफारिस भएका थरहरूको सूची सार्वजनिक गरी सरोकार भएका निकायका प्रतिनिधि तथा नागरिकसँग रायसुझाव र प्रतिक्रिया माग गरेको छ ।

राष्ट्रिय दलित आयोगले प्रचलित कानुनबमोजिम दलित समुदायका थरहरू सूचीकरणका लागि सिफारिससहित मन्त्रालयमा विवरण पठाएको थियो । उक्त सिफारिसका आधारमा थरहरू सूचीकरण गर्नुअघि सम्बन्धित समुदाय, सरोकार भएका व्यक्ति तथा सङ्घसंस्था, विज्ञ र आमनागरिकबाट सुझाव लिन मन्त्रालयले सूची सार्वजनिक गरेको हो ।

मन्त्रिपरिषद्बाट सूचीकरणसम्बन्धी निर्णय हुनुअघि थप सुझाव तथा प्रतिक्रिया समेट्ने उद्देश्यले मन्त्री सीता बादीको निर्देशनमा आयोगबाट सिफारिस भएका थरहरूको विवरण सार्वजनिक गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले आफ्नो वेबसाइटमार्फत सिफारिस भएका थरहरूको सूची सार्वजनिक गर्दै दुई दिनभित्र कुनै राय, सुझाव वा प्रतिक्रिया भए उपलब्ध गराउन अनुरोध गरेको छ ।

सुझाव तथा प्रतिक्रिया मन्त्रालयको [email protected], महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री बादी तथा सचिवालयको इमेलमार्फत पठाउन सकिने मन्त्रालयले जनाएको छ । मन्त्रालयले प्राप्त हुने रायसुझाव तथा प्रतिक्रियालाई आवश्यकताअनुसार अध्ययन गरी सूचीकरणसम्बन्धी आगामी प्रक्रियामा समेटिने जनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>