अन्तर्राष्ट्रिय

चुनावमा मतदातालाई पैसा बाँड्ने भारतीय सांसदलाई जेल सजाय

Banner

नयाँदिल्ली, साउन १०
भारतमा एक जना बहालवाला सांसदलाई चुनावका बेला मतदातालाई किनेको कसुरमा जेल सजाय सुनाइएको छ।

टाइम्स अफ इन्डियाका अनुसार तेलंगना राष्ट्र समिति पार्टीकी लोकसभा सदस्य मालोथ कवितालाई एक अदालतले सन् २०१९ को आमचुनावमा मतदातालाई पैसा दिएको कसुरमा ६ महिना जेल सजाय सुनाइएको हो । सांसद कविता र उनका सहकर्मीले यो फैसलाविरूद्ध उच्च न्यायालयमा पुनरावेदन गर्न सक्नेछन् ।

लोक सभा सांसद र प्रदेश सभा विधायकविरूद्धका मुद्दा हेर्ने विशेष अदालतले यसअघि पनि जनप्रतिनिधिलाई कारबाही गरेको थियो तर लोकसभाका बहालवाला सांसदलाई मतदातालाई किनेको कसुरमा सजाय सुनाएको यो पहिलो पटक हो ।

गत चुनावमा तेलंगनाको महाबुबावाद उम्मेदवार बनेकी कविताका सहयोगी सौकात अली मतदातालाई पैसा बाँडिरहेका बेला पक्राउ परेका थिए । उनले कवितालाई भोट हाल्नका लागि प्रतिव्यक्ति ५ सय भारुका दरले पैसा बाँडेको स्वीकारेका छन् ।

अदालतले उनीहरू दुबै जनालाई १०/१० हजार जरिवाना पनि तोकेको छ । – एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>