देश/प्रदेश
झापामा पुँजीगत खर्च ५१ प्रतिशत मात्र
०

भद्रपुर (झापा), साउन २३ –
गत आर्थिक वर्षमा झापामा पुँजीगत बजेटको ५१ प्रतिशत मात्र खर्च भएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार सङ्घीय सरकारबाट जिल्लास्थित सङ्घीय कार्यालय तथा स्थानीय तहका लागि विनियोजित पुँजीगत बजेट रु १२ अर्ब ६९ करोड ३४ लाख १० हजार ५९० मध्ये रु छ अर्ब ४७ करोड २५ लाख ४९ हजार १८६ मात्र खर्च भएको हो ।
चालुतर्फ विनियोजित रु १७ अर्ब तीन करोड ६८ लाख ८८ हजार ९८ मध्ये रु १६ अर्ब २० करोडभन्दा बढी रकम खर्च भएको छ ।
सङ्घीय सरकारले स्थानीय तहलाई वित्तीय समानीकरण, सशर्त, विशेष तथा समपूरक अनुदानमार्फत बजेट उपलब्ध गराउँदै आएको छ । उक्त बजेट स्थानीय तहले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास तथा अन्य सार्वजनिक सेवाका क्षेत्रमा खर्च गर्ने व्यवस्था छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























