Breaking News

मलेसियामा मृत्यु भएका २४ नेपालीको शव नेपाल ल्याइयो

Banner

काठमाडौं, साउन ९

मलेसियामा विभिन्न समयमा मृत्यु भएका नेपालीहरुको शव आज नेपाल ल्याइएको छ । मलेसियाबाट आज एकैपटक २४ वटा शव र तीन वटा अस्तु नेपाल ल्याइएको हो ।

नेपाल एयरलाइन्सका एक अधिकारीले वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा आज बिहान वाइडबडी जहाजमार्फत शव नेपाल ल्याइएको जानकारी दिए । नेपाल ल्याइएका यी शव आजै आफन्तको जिम्मा लगाइएको छ ।

शनिबार क्वालालम्पुरबाट नियमित उडानमार्फत नेपाली नागरिकका शव नेपाल ल्याइएको हो । यसमध्ये परिवारको सहमतिमा मलेसियामै अन्त्येष्टि गरिएका तीन जनाको भने अस्तु नेपाल ल्याइएको छ ।

सबैभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा रहेको मलेसिया नेपाली श्रमिकको धेरै मृत्यु हुने मुलुकमा पर्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>