Breaking News
भरतपुर सिमलडाडा घटना अपडेटः मृतक नेपाली सेनाका जवान भरत गुरुङ, थप अनुसन्धान गर्दै प्रहरी
०

चितवन, साउन ७-
भरतपुर महानगरपालिका वडा नम्बर १७ सिमलडाडामा नहरमा आज बिहान भेटिएको शव नेपाली सेनाका जवान भरत गुरुङको रहेको प्रहरीले जनाएको छ ।
३६ वर्षीय मृतक गुरुङ धादिङ निलकण्ठ नगरपालिका घर भई नेपाली सेनाको महेन्द्र दल गण राष्ट्रिय निकुञ्ज टोखामा कार्यरत रहेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान कार्य भइरहेको छ। शवमा टाउकोमा गोली लागेको जस्तो देखिएको थियो । घटनास्थलमा एक थान गोलीको खोका भेटिएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























