देश/प्रदेश
एमाले सांसद भीम रावलले दिए सांसद पदबाट राजीनामा
०

काठमाडौँ, साउन ३–
विवादको भुमरीमा फसेको नेकपा (एमाले)का सांस डा.भीम रावलले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएका छन् ।
एमालेका उपाध्यक्ष समेत रहेका रावलले आज संसद सचिवालयमा पुगेर राजीनामा बुझाएका हुन् । २०७४ सालको प्रतिनिधि सभामा अछाम बाट प्रत्यक्ष निर्वाचित भएका रावलले अनैतिक राजनीतिक खेलमा सहभागी नहुने भएकाले राजीनामा दिएको बताएका छन्।
रावल पछिल्लो समय नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलमा माधवकुमार नेपाल पक्षबाट संयोजक थिए। शेरबहादुर देउवालाई विश्वासको मत दिनुअघि उनले पदबाटै राजीनामा दिएका हुन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























