Breaking News

चितवनको पर्सा बजारमा ट्याङकरको ठक्करबाट एक युवतीको मृत्यु

Banner

चितवन, साउन २–

चितवनको खैरहनी नगरपालिका–८ स्थित पर्सा बजारमा सवारी दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत पर्सा बजारमा आज (शनिबार) अपरान्ह ५ः५५ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ८ ख ३०२४ को तेल ट्याङ्करले विपरीत दिशाबाट आउँदै गरेको ना ४४ प ५१२२ को मोटरसाइकललाई ठक्कर दिएको हो ।

दुर्घटनामा परी मोटरसाइकलको पछाडी सवार खैरहनी नगरपालिका–१० की २३ वर्षीया सृजना चौधरीको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक रत्ननगर नगरपालिका–३ का सुबास चौधरी र पछाडी सवार सृजना चौधरी घाइते भएका थिए ।

उनीहरु दुवैलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको ६ः४५ बजेको समयमा सृजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । मोटरसाइकल चालक सुवास सामान्य घाइते छन् । उनको उपचार भइरहेको छ । प्रहरीले ठक्कर दिने ट्याङ्करका चालक र ट्याङ्करलाई नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>