चितवन विशेष

उपमेयर र संस्थाले घर बनाईदिएपछि चितवनका जीवन चेपाङ खुशी

Banner

चितवन, साउन २ –

चितवन राप्ती नगरपालिका १ का जीवन चेपाङले नयाँ घर पाएका छन् । आफ्नो जग्गा नभएको र आर्थिक अवस्था पनि कमजोर भएका उनलाई राप्ती नगरपालिका उपमेयर इमानसिंह लामा र मनकारी संस्थाहरुको सहयोगमा घर निर्माण गरिएको हो ।

निर्माण गरिएको घरको उपमेयर लामाले उद्घाटन गरेर जीवनलाई हस्तान्तरण गरेका छन् । करिव २ लाख ५० हजारको लागतमा घर निर्माण भएको हो । मनकारी संस्थाको सक्रियतामा राप्ती नगरपालिका उपमेयर इमानसिंह लामासहित विभिन्न संस्था तथा व्यक्तीहरुको आर्थिक र जिन्सी सहयोगमा घर निर्माण गरिएको थियो ।

उपमेयरको हैसियतमा प्राप्त हुने सेवा सुविधा वापत ३ महिना बरावरको रकम घर निर्माणका लागि सहयोग गरिएको उपमेयर लामाले जानकारी दिए । मनकारी संस्थाका सचिव गोपाल विश्वकर्माका अनुसार घर निर्माणमा २ लाख ५० हजार रुपैयाँ खर्च लागेको भन्दै धेरैले जिन्सी सहयोग गरेको वताए । जीवन चेपाङले ज्याला मजदुरी गरेर आफ्ना ३ छोराछोरी र श्रीमती पाल्दै आएका छन् । मनकारी संस्थाका अध्यक्ष विश्वराम सेढाईको अध्यक्षतामा घर हस्तान्तरण कार्यक्रम भएको थियो । त्रिपाल टाँगेर दिनरात काट्दै आएका जीवनले नयाँ पक्की घर पाएपछि खुसीको सिमा नरहेको प्रतिक्रिया दिए । मेरो दुःखमा साथ दिनु भयो तपाई सम्र्पूणलाई धन्यवाद जीवन चेपाङले खुसी हुदै भने ।

जीवनको घर बाहेक उपमेयर लामाले नगर भित्रका अन्य ६ जनालाई पनि घर निर्माणमा आर्थिक सहयोग गरिसकेका छन् । सेनाको कुटपिटबाट मृत्यु भएका राजकुमार चेपाङसहित ७ जनाको घर निर्माणमा उपमेयर लामाले आर्थिक सहयोग गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>