चितवन विशेष

चितवनमा घाँस काट्न गएकी महिलालाई गैंडाले आक्रमण गरेपछि…

Banner

चितवन, असार ३० –

चितवनमा गैंडाको आक्रमणबाट एक महिला घाईते भएकी छन् । भरतपुर महानगरपालिमा बस्ने ४२ वर्षीय सुनिता परियालाई गैंडाले आक्रमण गरेको हो । भरतपुर १३ उजेलीनगर स्थितमा रहेको बाटुलिपोखरी वनभित्र घाँस काट्न गएको समयमा परियारलाई गैंडाले आक्रमण गरेको थियो ।

आज बिहान ९ बजे परियारलाई गैंडाले आक्रमण गरेको हो । इलाका प्रहरी कार्यालय गीतानगरबाट प्र.नि.को कमान्डमा खटेका टोलीहरुले परियारलाई उद्दार गरेका थिए । उनलाई उपचारको लागि चितवन मेडिकल कलेजमा पठाईएको प्रहरीले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>