राजनीति
ओलीले सरकारी निवास छोड्दै
०
काठमाडौं, असार ३० –
नेकपा एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालुवाटारस्थित सरकारी निवास छोड्ने भएका छन् ।
उनले बिहान ११ बजेपछि बालुवाटारस्थित सरकारी निवास छोड्न लागेका हुन् । बालुवाटारबाट उनी निजी निवास बालकोट जानेछन् ।
एमाले कार्यकर्ताहरुले ओलीलाई स्कर्टिङ गर्दै बालुवाटारदेखि बालकोटसम्म पुर्याउने एमाले नेता महेश बस्नेतले जानकारी दिएका छन् । त्यसका लागि बालुवाटारमा भेला हुन बस्नेतले एमाले युवा कार्यकर्ताहरुलाई आह्वान गरेका हुन् ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापित गर्दै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिएपछि ओली पदमुक्त भएका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























