समाज

ज्वाला संग्रौलासहित ४ जना धरौटीमा रिहा

Banner

काठमाडौं,असार २९-

‘सामाजिक अभियन्ता’ टिका संग्रौला ‘ज्वाला’ सहित ४ जना धरौटीमा छुटेका छन् । जिल्ला अदालत काठमाडौंले टिका संग्रौला, उनका पति हिमालप्रसाद उपाध्याय, शर्मिला वाइवा भन्ने शर्मिला राई र दोलखाका यम बहादुर खड्कालाई धरौटीमा रिहा गर्न आदेश गरेको थियो ।

मंगलबार अदालतको आदेशपछि उनीहरु धरौटी तिरेर छुटेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेशकुमार बस्नेतले  बताए । अभद्र व्यवहार मुद्दामा चारै जनाले जनही १० हजार धरौटी तिरेका छन् । जातिय विभेद विरुद्धको कसुरमा अदालतले उनीहरुलाई साधारण तारेखमा छाड्न आदेश गरेको छ ।असार ६ मा पक्राउ परेका संग्रौला दम्पतीले नक्कली विवाह दर्ता बनाएको फेला परेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>