कृषि

चितवनको भण्डारामा आधारभूत मौरीपालन तालिम

Banner

चितवन, असार २९-

चितवनका मौरीपालक किसानलाई मौरीपालनसम्बन्धी आधारभूत तालिम दिइएको छ ।

मौरीपालन विकास कार्यक्रम भण्डारा चितवनले यहाँका किसानलाई पाँच दिनको तालिम दिएको हो ।

मौरीपालन व्यवसायलाई व्यवसायीकरण गर्नका लागि मौरीपालन व्यवसाय सुरु गरेका किसानलाई तालिम दिइएको मौरीपालन विकास कार्यक्रम भण्डाराका निमित्त प्रमुख बाबुराम पन्तले जानकारी दिए । तालिमको गण्डकी प्रदेश भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयका पूर्वसचिव दुर्गाप्रसाद दवाडीले समापन गरेका हुन् ।

सो अवसरमा पूर्वसचिव दवाडीले मौरीपालन गरेसँगै प्रांगारिक खेती गर्न किसानलाई आग्रह गरे । १७ जना किसान सहभागी तालिममा मौरी चरन, मह उत्पादन, गोला व्यवस्थापन, रानी उत्पादनलगायतका विषयमा मौरीपालन विकास कार्यक्रमका निमित्त प्रमुख पन्त, किम्वु नर्सरी विकास केन्द्रका सुजन हुमागांई, कार्यक्रमका राजेश यादव, प्रविणा श्रेष्ठ, अन्जना महरा र अस्मिता बरालले प्रशिक्षण दिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>