Breaking News

लुट मच्चाउँदै भरतपुरका अटो : भाडामा मनपरी, ५ गुणा बढी भाडा लिँदै

  • Logo
    app haru
  • २३ असार २०७८, बुधबार
Banner

– हिरालाल आचार्या ‘डायमण्ड’

चितवन, असार २३
भरतपुमा चल्ने अटोहरुले लुट मच्चाइरहेको पाइएको छ । कोरोना महामारीको जोखिम नियन्त्रण गर्न चितवनमा जारी गरिएको निषेधाज्ञालाई खुकुलो बनाउँदै जोरबिजोर प्रणालीबाट अटो सञ्चालन गर्न दिइएको छ ।

तर अटोहरुले आफ्नो भाडादरभन्दा करिव ५ गुण बढी भाडा लिने गरेका छन् । अहिले अटोमात्र चलेका कारण पनि अटोले एकाधिकार जमाउँदै भाडामा मनपरी गरेर लुट मच्चाइरहेका छन् ।

अटोहरुले मनपरी भाडा असुली गरेको भनेर सर्वसाधारणबाट गुनासोको स्वरहरु सुनिन थालेका छन् । यस्तैमा नारायणी अनलाइने अटोले कति भाडा लिँदा रहेछन् त भनेर बुझेको छ । विरेन्द्र क्याम्पस चोकमा (सिजी ल्याण्डमार्क अगाडि) बसेर हामीले अटोहरुले भाडा कति लिँदा रहेछन् भने बुझ्यौं । हामीले तल अटोको नम्बरसहित उनीहरुले भनेको भाडा उल्लेख गरेका छौं । तल क्याम्पस गेटबाट चढ्दा कहाँ पुगेको कति लिने रहेछन्, भनेर उल्लेख गरेका छौं । उल्लेखित विवरणहरुसँग सम्बन्धित प्रमाण नारायणी अनलाइनसँग सुरक्षित छ ।

ना २ ह ७४१ नम्बरको अटोका चालकले पुलचोक गएको भाडा १०० रुपैयाँ लाग्ने बताए ।

ना २ ह ५२८४ नम्बरका अटो चालकले क्यान्सर अस्पताल पुगेको २५० रुपैयाँ लाग्ने बताए । उतिबेलै अर्का सर्वसधारण आएर मालपोतको भाडा साधेका थिए । उनले मालपोत गएको १०० रुपैयाँ लाग्ने बताएका थिए ।

यस्तै ना २ ह ३७५ नम्बरका अटो चालकले क्यान्सर अस्पताल पुगेको २०० लाग्ने बताए ।

ना २ ह ६३१९ नम्बरका अटो चालकले त्रिचोक पुगेको १०० रुपैयाँ लाग्ने बताए ।

ना २ ह २५३८ नम्बरका अटो चालकले भरतपुर अस्पताल पुगेको १०० रुपैयाँ लाग्ने बताए । बार्गेनिङ्ग गर्दा उनले ८० सम्म लगिदिने बताएका थिए ।

यस्तै ना २ ह ८२४ नम्बरका अटो चालकले भरतपुर अस्पताल पुगेको ५० रुपैयाँ लाग्ने बताए ।

बा प्रदेश ०३ ००अ ५८० नम्बरका अटो चालकले आँपटारी लगेका २०० लाग्ने बताए । भाडा धेरै भएन र अटोको भाडा कति हो भनेर सोध्दा उनले भने, ‘३०० हो आँपटारी गएको भाडा । मैले तिमिलाई २०० मा लगिदिन लागेको छु । जे पर्लापर्ला भनेर । अहिले शहिद चोक पुलचोक गएकै १००/१५०) लिन थालिसके मैले आँपटारी २०० मा लग्दिन्छु भनेछु’

ना १ ह ८४९६ नम्बरका अटो चालकले आँपटारी पुगेको २०० लाग्ने बताए । तर ना २ ह १२३६ नम्बरका अटो चालकले आँपटारी पुगेको १०० रुपैयाँ लाग्ने बताए । पुलचोकसम्मको भाडा सोध्दा उनले ४० रुपैयाँ लाग्ने बताएका थिए ।

ना १ ह ७३३२ नम्बरका अटो चालकले पोखरा बसपार्क पुगेको १०० रुपैयाँ लाग्ने बताए । घटाउन आग्रह गर्दा उनले भने, ‘पारसबसर्पाबाट दुई जनालाई ८० का दरले ल्याएको छु । तपाईंलाई पोखरा बसपार्क त मैले कम भनेको हो ।’

ना १ ह ३७५ का अटो चालकले हाकिचोक पुगेको ५० रुपैयाँ लाग्ने बताए ।

ना २ ह ३७३९ नम्बरका अटो चालकले विशाल चोक पुगेका १०० रुपैयाँ लाग्ने बताए ।

ना २ ह ५७०२ नम्बरका अटो चालकले भोजाड नौरङ्गे पुगेको १०० रुपैयाँ लाग्ने बताए ।

००१ ह ९७९ नम्बरका अटो चालकले बसेनी चोक पुगेको १०० रुपैयाँ लाग्ने बताए ।

ना १ ह ९२२६ का अटो चालकले मालपोत चोक पुगेको १०० रुपैयाँ लाग्ने बताए ।

ना १ ह ९२२९ नम्बरका अटो चालकले शहिद चोक लगेको ५० रुपैयाँ लाग्ने बताए ।

ना २ ह ४०२३ नम्बरका अटो चालकले टाँडी पुगेको ५०० लाग्ने बताए । पछि उनले ४०० मा ३ जना यात्रुलाई टाँडी लगिदिएका थिए ।

यस्तै बसेनीका एक स्थानीय युवाले बसेनीबाट मालपोत चोक आउँदा एउटा अटोले १५० रुपैयाँ लिएको बताएका छन् । यस्तै क्यान्सर अस्पताल आसपास बस्ने एक स्थानीय युवतीले हाकिम चोकबाट क्यान्सर अस्पताल गएको २०० लिएको बताइन् । यस्तै ढुङ्गाना चोककी स्थानीय एक युवतीले क्याम्पस चोक आएको ५० रुपैयाँ लिने गरेको बताइन् ।

अटोहरुले लिने गरेका माथिको भाडाको दरलाई हेर्दा अटो चालकहरुले भाडामा मनपरी गरेको पुष्टि हुन्छ । यस्तै माथिको भाडादरलाई आधार मानेरभन्दा अटोहरुले एककिलोमिटर यात्रा गरेको १०० रुपैयाँको हाराहारीमा लिने गरेको देखिन्छ । प्रतिकिलोमिटर यात्राको करिव १०० रुपैयाँ भाडादर उठाएर भरतपुरका अटोहरुले लुट मच्चाइरहेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार प्रतिकिलोमिटर यात्रा गर्दा अटोले २० रुपैयाँ लिनुपर्ने गरी भाडादर कायम गरिएको छ । ट्राफिक कार्यालयका प्रहरी हवल्दार माधव खतिवडाले अटोहरुको भाडा पहिलेभन्दा केही बढाउने गरी नयाँ भाडादर कायम गर्ने तयारी पनि भइरहेको बताए ।

उनले यात्रुहरुबाट बढी भाडा लिएको गुनासो ट्राफिक प्रहरीसम्म नआएको बताए । उनले बढी भाडा लिएको महसुश भएमा अटोको नम्बरसहित प्रहरीलाई खबर गर्न आग्रह गरेको छन् । अहिले ट्राफिक प्रहरीहरु नारायणगढ मुग्लिन सडकखण्डमा खसेको पहिरोका कारण जाममा परेका सवारी साधनको व्यवस्थापनमा व्यस्त रहेकाले सवारी जाँच र भाडा कति लिएका छन् भने जाँच गर्न नभ्याएको उनले बताए । पहिरोको समस्या समाधान हुनासाध कडाइका साथ अटोहरुमाथि निगरानी गरिने उनको भनाइ छ ।

यद्यपी अटोहरुले पहिलेदेखि नै मनपरीरुपमा भाडा उठाउँदै आएका थिए । अटोहरुले कति भाडा लिएका छन् भनेर ट्राफिक प्रहरीले खासै अनुगमन गर्ने गरेको पाइँदैन । जनशक्तिको अभाव रहेको कारणले सबै क्षेत्रमा सँधै ट्राफिक प्रहरी खटाउन नसकिएको बताउँदै खतिवडाले भाडाको कुरामा यात्रुहरु सचेत बन्नुपर्ने बताए । उनले माथि नम्बरसहित उल्लेखित अटोका चालकहरुलाई कारबाही गरिने बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>