Breaking News

पूर्वि चितवनको ग्यास उद्योगमा बाढी : सयौं सिलिण्डर बगायो, खोलामा तरिँदै बगे सिलिण्डर (फोटोफिचर)

  • Logo
    app haru
  • १७ असार २०७८, बिहिबार
Banner

– हिरालाल आचार्य ‘डायमण्ड’

चितवन, असार १७ –
खैरहनी नगरपालिका वडा नम्बर १ वेल्सीमा रहेको बाबा ग्यास उद्योगमा पसेको बाढीले सिलिण्डरहरु बगाएको छ ।

कयर खोलाले उद्योगमा रहेका ग्यासका सिलिण्डहरुलाई बगाएर लगेको छ । उद्योगका निर्देशक बिमल कालाखेतीले धेरै सिलिण्डरहरु बगाएको बताए ।

उद्योगमा १० देखि १५ हजारसम्म सिलिण्डर रहेको कालाखेतीको भनाइ छ । के कति सिलिण्डर बगायो र अरु नोक्सान कति भयो भन्ने बारेमा एकिन भइसकेको उनले बताए ।

निरन्तर परेको झरीले पूर्वि चितवनमा बितण्डा नै मच्चाएको छ । पूर्वी चितवनको खैरहनीसँगै रत्ननगर, राप्ती र कालिका नगरपालिका बाढीले प्रभावित भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>