अन्तर्राष्ट्रिय
सिन्ध एक्सन समिति(SAC) ले ‘सिन्ध विरोधी’ परियोजनाहरूको विरुद्धमा दोस्रो चरणको आन्दोलन गर्ने

सिन्ध एक्सन समितिका नेताहरू (SAC) ले ४ जुलाईमा बहराइया टाउन कराची (बीटीके), सिन्ध ब्यारेज र जुल्फीकाराबाद लगायत अन्य मेगा परियोजनाहरूको विरुद्धमा दोस्रो चरणको आन्दोलन गर्ने निर्णय गरेका छन् ।
तिनीहरूले यी सबै मेगा परियोजनाहरूलाई ‘सिन्ध विरोधी’ भनेर स्वीकार गर्दै यसलाई प्रान्तको अस्तित्वमा भएको आक्रमण को रूपमा वर्णन गरेका छ्न ।
उक्त निर्णय सोमबार जम्शोरोमा बसएको बैठकले गरेको थियो । यो बैठक संयोजक सईद जलाल मेहमुद शाहको अध्यक्षतामा सम्पन्न भएको थियो ।
बैठकमा सिन्ध तारकी-पासन्द पार्टी (एसटीपी)का अध्यक्ष डा. कादिर माग्सी, जेय सिन्ध महज-रियाज नेता रियाज अली चण्डियो, अवामी तेह्रेक नेता वासन्द थारी, अवामी जमुरी पार्टीका नेता नूर नबी राहुजो, पोरहायत मजहीमत तेह्रेक नेता मस्रौर शाह उपस्थित थिए । यस्तै जेय सिन्ध काउमी पार्टीका नेता नवाज खान जुँर, जेय सिन्ध काऊमी महज-अरिसार अध्यक्ष अस्लम खैरपुरी, जेय सिन्ध महज-सरवर अध्यक्ष हुजूर बुक्स र अन्य नेताहरू उपस्थित थिए ।
बैठकको बारेमा सञ्चारकर्मीलाई जानकारी दिँदै जलाल मेहमद शाह, डा माग्सी, रियाज चण्डियो र अन्यले भने पाकिस्तान पीपुल्स पार्टी (पीपीपी)को सरकारले मुद्दा दर्ता गरे पनि मातृभूमिको रक्षाका लागि सबै कुरा त्याग गर्न तयार रहेको बताए । तिनीहरूले सिन्धको पक्षमा वकालत गर्नबाट पछि नहट्ने पनि प्रष्ट पारे ।
उनीहरुले अझ प्रष्ट पार्दै भने, सिन्धका जनताले यस मुद्धाको पहिलो चरणको आन्दोलनमा सैकको नेतृत्वमा आफ्नो भरोसा व्यक्त गरेको बताए। जसले सिन्धको स्रोत र भूमिमा कसैलाई पनि डकैती गर्न दिनेछैनन् भनेर देखायो ।
जुलाई ४ बाट दोस्रो चरणको कार्यक्रम सुरु हुने उनीहरुले बताए । सो अवधिमा डिग्रि, झुड्दो, नौकोट, इस्लामकोट, छेछोरो, उमरकोट, कुन्री, सामरो, कोट घुलाम मोहम्मद र मिरपुरखसमा जमघट हुने छ । दोस्रो चरणको आन्दोलन जुलाई १० सम्म जारी रहनेछ ।
।
बैठकले संघीय सरकारद्वारा सिन्ध ब्यारेज र सिन्ध सरकारद्वारा जुल्फीकाराबादको लागि बजेट बाँडफाँडको निन्दा गरेको थियो ।
यस बैठकले पीपीपी सरकारद्वारा जेएसएम-आरका अध्यक्ष रियाज चान्डियो र केन्द्रीय नेताहरू माथीको प्रतिबन्धलाइ निन्दा गर्दै फुकुवा गर्न माग गरेको थियो ।
उनीहरूले अर्बौं रुपैयाँ बराबरको जग्गा अवैध रुपमा बाडफाड गरेको आरोपमा जम्होरो, मलाइर र थट्टाका उप-आयुक्तहरुलाई पक्राउ गर्न माग गरेको थियो ।
यस्तै सिन्धी अदाबी संगतका अध्यक्ष पीरल धायोमाथि भएको संघातिक आक्रमणको निन्दा गर्नुका साथै दोषीहरूलाई गिरफ्तार गर्न माग गरेको थियो ।
कादिर मग्सीले भने सिन्धको अधिकारको लागि वास्तविक “युद्धमैदान” कराची थियो । जहाँ बहरिया टाउन कराची निर्माण भइरहेको थियो र सबै “सिन्ध विरोधी” निर्णयहरू त्यहीबाट गरिंदै थियो ।
तिनले भने, सैकले सिन्ध सभा बाहिर भेला हुने घोषणा गरिसकेको छ । तिनीहरू “असिफ अली जर्डारी र बिलावल भुट्टो-जर्डारीको नेतृत्वको निरंकुशहरूलाई चुनौती दिन तयार छन् । जसले मलिक रियाजलाई सिंधमा ल्याएका छन् र उनलाई आफ्नै हितमा बहरिया टाउन निर्माण गर्न अनुमति दिएका छन्” भने । उनीहरूले सिन्धी जनतालाई अल्पमतमा परिणत गर्न चाहेको उनले आरोप लगाएका छन् ।
रियाज चान्डियोले सैक आफ्नो राजनैतिक गतिविधि जारी राख्ने कुरा बताए। असिफ जर्डारी र सैयद मुराद अली शाहको नेतृत्वमा भएको वर्तमान व्यवस्थाले लूट र लुटपाटमा विश्वास गर्दैछ र कसैलाई पनि उनीहरूको भ्रष्ट व्यवहारको बारेमा कुरा गर्न अनुमति दिइएको छैन ।
उनले भने, सैकले आफ्नो आवाज उठाउनेछ र मानिसहरूलाई यो असिफ जर्डारी र मुराद अली शाहले उनीहरूलाई गरिबी, भोक र भोकमरी दिएको बताउनेछ । उनले भने, सैकले “जनताको अदालत” सार्नेछ र सिन्धको इतिहास, सभ्यता र जनादेश कसैलाई पनि नष्ट गर्न दिने छैन ।

























