राजनीति

राष्ट्रिय सम्मेलन असोजमा गर्ने नेकपा (बहुमत) को निर्णय

Banner

काठमाडौं, साउन २२ –

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले तयारी नपुगेको भन्दै साउनमा गर्ने भनिएको राष्ट्रिय सम्मेलन स्थगित गर्दै आगामी असोज ५ देखि १० गतेसम्म आयोजना गर्ने निर्णय गरेको छ।

पार्टीका महासचिव कञ्चनको अध्यक्षतामा साउन १४ देखि १६ गतेसम्म पोखरामा बसेको केन्द्रीय समितिको छैटौं पूर्ण बैठकले उक्त निर्णय गरेको हो।

शुक्रबार पत्रकार सम्मेलनगरी उक्त बैठकको निर्णय सार्वजनिक गर्दै बैठकले वैज्ञानिक समाजवादी क्रान्तिप्रतिको प्रतिबद्धता दोहो¥याउँदै विचार, राजनीति र संगठनलाई नयाँ ढंगले विकास गर्ने निर्णय गरेको जनाएको हो ।

बैठकको प्रारम्भमा जनयुद्ध, जनआन्दोलन तथा विभिन्न आन्दोलनमा ज्यान गुमाएका सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै बेपत्ता व्यक्तिको स्मरण र घाइते तथा अपाङ्गप्रति सम्मान व्यक्त गर्दै एक मिनेट मौनधारण गरिएको जनाइएको छ।

पार्टीले हालसम्म रहेको नेतृत्व प्रणालीलाई परिवर्तन गर्दै अध्यक्षमण्डल प्रणाली लागू गर्ने निर्णय पनि गरेको छ। साथै साउन २९ गतेदेखि भदौ २६ गतेसम्म ब्युरो समितिका बैठक तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ।

विभिन्न क्रान्तिकारी पार्टी, संगठन तथा व्यक्तिहरूसँग एकता, ध्रुवीकरण तथा कार्यनीतिक र रणनीतिक मोर्चामा सहकार्यको नीति अवलम्बन गर्ने निर्णय पनि बैठकले गरेको छ।

बैठकले वर्तमान सरकारप्रति असन्तुष्टि जनाउँदै सरकारका नीति सुकुम्बासी, किसान, मजदुर, वित्तीय शोषणपीडित, युवा–विद्यार्थी, सुशासन तथा राष्ट्रिय स्वाधीनताविरुद्ध रहेको निष्कर्ष निकालेको जनाएको छ। यस्ता जनविरोधी नीतिका विरुद्ध राजनीतिक संघर्ष गर्ने नीति पार्टीले लिएको छ।

त्यसैगरी बैठकले वर्तमान विश्व व्यवस्थामा अमेरिकी साम्राज्यवाद विश्व शान्तिका लागि मुख्य बाधक रहेको निष्कर्ष निकालेको जनाएको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोको निमन्त्रणामा सम्पन्न अन्तर्राष्ट्रिय कार्यक्रमको सन्दर्भ उल्लेख गर्दै पार्टीले माक्र्सवाद–लेनिनवाद–माओवादप्रतिको आफ्नो वैचारिक प्रतिबद्धता दोहो¥याएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>