Breaking News

हेटौंडा, रजैया र बर्दघाट क्षेत्रमा भारी वर्षा, राप्ती तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह

Banner

चितवन, असार १६–

मकवानपुरको हेटौंडा, रजैया र नवलपरासीको बर्दघाट क्षेत्रमा भारी वर्षा मापन गरिएको छ । मौसम विज्ञान विभागका अनुसार पूर्वी राप्ती जलाधार क्षेत्रको रजैया केद्रमा २४ घण्टाको अवधिमा २१५ मिलिमिटरभन्दा बढी वर्षा भएको रेकर्ड छ । विभागका अनुसार यो अति भारी वर्षा मापन हो ।

त्यस्तै नारायणी जलाधार क्षेत्र अन्तरगत नवलपरासीको बर्दघाटमा गत २४ घण्टाको अवधिमा १७७ र हेटौंडामा १२१ मिलिमिटर वर्षा भएको रेकर्ड छ । यी क्षेत्रहरुमा चेतावनी जारी गर्नुपर्ने गरी भारी वर्षा भएपछि जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन सूचना जारी गरेको छ । जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विक्रम श्रेष्ठले जोखिम क्षेत्रका बासिन्दालाई एसएमएसमार्फत सतर्कताको सूचना प्रवाह गरिएको जानकारी दिएका छन् ।

यस क्षेत्रमा भारी वर्षा हुँदा चितवन भएर भग्ने राप्ती नदीमा बाढी आउने खतरा छ । पूर्वी चितवनका बासिन्दाहरु सचेत हुन आवश्यक छ । बाढी आउन सक्ने जोखिम देखेर पर्यटकीय क्षेत्र सौराहाका व्यवसायीहरु उद्धारका लागि तयारी अवस्थामा जुट्न थालेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>