Breaking News

चितवन र मकवानपुरका किसानलाई उन्नत बिउमा प्रोत्साहन रकम

Banner

चितवन, असार १६
किसानलाई उन्नत बिउमा प्रतिकेजि २० रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराइएको छ ।

कृषि ज्ञान केन्द्र चितवनमार्फत चितवन र मकवानपुरका किसानलाई प्रोत्साहन रकम उपलब्ध गराइएको हो ।

बागमती प्रदेश सरकारले बजेट भाषणमार्फत किसानलाई प्रोत्साहन रकम उपलब्ध गराउने घोषणा गरेको थियो । सोही कार्यक्रम अन्तर्गत धान, गहुँ र मकैमा प्रोत्साहन रकम उपलब्ध गराइएको कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले जानकारी दिए ।

चितवनमा ४८ लाख ४२ हजार र मकवानपुरमा १२ लाख बराबरको प्रोत्साहन रकम वितरण गरिएको छ । चितवनका दुई सहकारी, उन्नत बिज वृद्धि कृषक समुह भरतपुर १४ र साइपाल बिज वृद्धि कम्पनी भरतपुर २१ लाई ८ लाख ६६ हजार गहुँको बिउमा प्रोत्साहन रकम उपलब्ध गराइएको छ ।

यस्तै मकैमा चितवनका दुई र मकवानपुरका एक सहकारीलाई प्रोत्साहन रकम वितरण गरिएको कृषि ज्ञान केन्द्र चितवनका कृषि अधिकृत उमराज अर्यालले जानकारी दिए ।

चितवनतर्फ बिज वृद्धि कम्पनी रत्ननगर १५, खेतीपाती कृषक समुह माडी ५ र मकवानपुरतर्फ गुप्तेश्वरी कृषि सहकारी मकवानपुरले मकैको बिउमा ५ लाख ७० हजार प्रोत्साहन रकम पाएको अर्यालले बताए । उनले मकैमा विनियोजित सबै रकम खर्च नभएको जानकारी दिए ।

यस्तै धानको बिउमा ६ वटा सहकारीलाई प्रोत्साहन रकम उपलब्ध गराइएको छ । चितवनतर्फ माधवपुर कृषि सहकारी रनपा १५, ओम श्री बिज वृद्धि कम्पनी प्रालि भरतपुर २१, उन्नत बिज वृद्धि कृषक समुह भरतपुर १४, बिज वृद्धि कम्पनी रनपा १५, साइपाल बिज वृद्धि कम्पनी भरतपुर २१ र किसान जागृत बिज वृद्धि कम्पनी माडी १ लाई गरी कुल २७ लाख ५२ हजार प्रोत्साहन रकम दिइएको छ ।

मकै बाहेकका बालीमा लक्ष्यअनुसार प्रोत्साहन रकम वितरण गरिएको कृषि ज्ञान केन्द्र चितवनले जानाएको छ । कार्यक्रम लागुपश्चात बिउको उत्पादनमा वृद्धि गर्न र किसानलाई बिउ उत्पादनमा सकृय बनाउन सहयोग पुग्ने अपेक्षा राखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>