चितवन विशेष

भरतपुरको बिशालचोकमा ट्रकको पछाडि स्कूटर ठोक्किदा २ घाइते

Banner

चितवन,असार १६-

चितवनको भरतपुरमा ट्रकको पछाडि स्कूटर ठक्कर खाँदा २ जना घाइते भएका छन । हिजो (मंगलबार) साँझ भरतपुरको बाइपास सडक अन्तर्गत विशालचोक नजिक ना ६ ख १६१३ नम्बरको ट्रकको पछाडि ना ३३ प ४९९ नम्बरको स्कूटर ठक्कर खाएको हो ।

दुवै सवारीसाधन केन्द्रिय बसपार्कदेखि आँपटारी तर्फ जाँदै थिए । दुर्घटनामा स्कूटर चालक भरतपुर २९ जुगेडीका सिमान्त तामाङ र पछाडि सबार सोही ठाँउकी सोभा तामाङ घाइत भएका छन । उनिहरु एकको अवस्था मध्यम र एकको सामान्य छ । चितवन मेडिकल कलेजमा उनिहरुको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । सडकमा राखिएको बालुबाले झुक्याउँदा दुर्घटना भएको स्थानियले बताएका छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>