चितवन विशेष

भरतपुरको बाइपास रोडमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

Banner

चितवन,असार १६-

चितवनमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो । हिजो –मंगलबार) साँझ भरतपुर बाइपास रोड स्थित घरेलु कार्यालय अगाडि बिराटनगरबाट काठमाडौंका लागि बिस्कुट बोकेर हिडेको ना ६ ख ४९२३ नम्बरको ट्रकले पैदलयात्री भरतपुर १२ कस्तुरी टोल बस्ने ७६ बर्षिय बसन्त बहादुर लिम्बुलाई ठक्कर दिएको हो ।

ठक्करबाट घाइते उनको भरतपुर अस्पतालमा उपचारका क्रममा आज विहान मृत्यु भएको हो । सो ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>