खेलकुद

युरो २०२०ः विश्व च्याम्पियन फ्रान्स बाहिरियो, स्वीजरल्याण्ड क्वाटरफाइनलमा

Banner

काठमाडौँ, असार १५–

विश्व च्याम्पियन फ्रान्स युरो २०२० को प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको छ । आज विहान सम्पन्न खेलमा स्वीजरल्याण्डसंग पेनाल्टी सुटआउटमा ५–४ ले पराजित भएसंगै फ्रान्स युरो कपबाट बाहिरिएको हो ।

अन्तिम पेनाल्टीमा चर्चित खेलाडी एम्बाप्पेको प्रहार स्वीजरल्याण्डका गोलकिपरले बिफल पारेपछि स्वीजरल्याण्ड क्वाटरफाइनलमा प्रवेश गर्न सफल भयो । निर्धारित खेलमा पाएको पेनाल्टी स्वीजरल्याण्डले मिस गरे पनि निर्णायक पेनाल्टीमा भने कुनै पनि खेलाडीले गल्ती गरेनन् । स्वीजरल्याण्डका ५ खेलाडीले नै गोल गर्न सफल भए ।

यसअघि निर्धारित ९० मिनेटको खेलमा ३–१ ले पछि परेको स्वीजरल्याण्डले नाटकीय रुपमा खेललाई बराबरीमा पु¥याएको थियो । खेलको १५ औँ मिनेटमा ह्यारिस सेफेरोविकले हेड मार्फत गोल गर्दै स्वीजरल्याण्डलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले अगाडि रहेको स्वीजरल्याण्ड दोस्रो हाफको सुरुवातमा दवाबमा पर्‍यो । खेलको ५७ औँ मिनेटमा करिम बेन्जामेले गोल गर्दै फ्रान्सलाई बराबरीमा पुर्‍याएका थिए । त्यसको २ मिनेटपछि ५९ औँ मिनेटमे बेन्जामेले नै गोल गर्दै फ्रान्सलाई २–१ को अग्रता दिलाए ।

निरन्तर स्वीजरल्याण्डमाथि दवाब बनाएको फ्रान्सले खेलको ७५ औँ मिनेटमा तेस्रो गोल गर्‍यो । पउल पोग्बाले आकर्षक गोल गर्दै फ्रान्सलाई ३–१ को अग्रता दिलाए । खेलमा हाबी भइसकेको फ्रान्समाथि नाटकीय रुपमा स्वीजरल्याण्डले कमब्याक गर्दै खेललाई बराबरीमा पुर्‍यायो । खेलको ८१ औँ मिनेटमा ह्यारिस सेफेरोविकले नै व्यक्ति दोस्रो गोल गर्दै स्वीजरल्याण्डलाई खेलमा फर्काउने प्रयोग गर्‍यो ।

निर्धारित समयको अन्तिम ९० मिनेटमा मारियो गेभानोभिकले आकर्षक गोल गर्दै नाटकीय रुपमा स्वीजरल्याण्डलाई बराबरीको अवस्थामा पुर्‍यायो । अतिरिक्त समयमा धकेलिएको खेलमा थप गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>