इच्छकामना

इच्छाकामना गाउँपालिकालाई सात लाख रुपैयाँ बढीको स्वास्थ्य सामग्री सहयोग

Banner

चितवन, असार १३-

नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन)ले इच्छाकामना गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

आरआरएनले आज गाउँपालिकामा पुगेर सात लाख ३२ हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

आज आरआरएनका प्रतिनिधि कृतिराज बुढाथोकीले गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरे । संस्थाले गाउँपालिका मार्फत् इच्छाकामनामा रहेको दारेचोक स्वास्थ्य चौकीलाई उक्त सामग्री प्रदान गर्नेछ । गाउँपालिकालाई सहयोग गरेको सामग्रीमा अटोमेटिक हेन्ड सेनिटाइजर तीन थान, फेस सिल्ड १३० थान, पल्स अक्सिमिटर ३० थान, पीपीई सेट १२० थान, सर्जिकल ग्लोब्स १२० थान, सर्जिकल मास्क १०० प्याकेट, सेनिटाइजर ४५ बोतल, आइसोलेसन किट ८० थानलगायतको सामग्री रहेको छ ।

आरआरएनका प्रतिनिधि कृतिराज बुढाथोकीले इच्छाकामना गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङलाई स्वास्थ सामग्री हस्तान्तरण गर्दै कोरोनाको बिरामी तथा कार्यालयका कर्मचारीको स्वास्थ्यमा सहयोग पुगोस् भन्ने हेतुले गाउँपालिकालाई आवश्यक सामग्री सहयोग गरेको बताइन् । सामग्री बुझेपछि गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङले कोरोना सङ्क्रमणको संकटकोे अवस्थामा गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेकोमा आरआरएनलाई धन्यवाद दिँदै सहयोग सामग्रीले कोरोनाका बिरामीको उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा गाउँपालिका उपप्रमुख कृतिकुमार श्रेष्ठ, प्रवक्ता साबित्री गुरुङ जनस्वास्थ्य अधिकृत हरि देवकोटालगायतको उपस्थिति रहेको थियो । यसअघि आरआरएनले चितवनको कालिका नगरपालिकालाई १० लाख ५३ हजार रुपैयाँ र भरतपुर महानगरपालिका २९ नं वडालाई ७० हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>