बजार

टोकियो समर ओलम्पिक प्रवद्र्धनका लागि दराज र नेपाल ओलम्पिक कमिटीबीच साझेदारी

Banner

चितवन, असार १२ं

नेपालको अनलाइन सपिङ बजार दराजले नेपाल ओलम्पिक कमिटी (एनओसी) सँग सम्झौंता गरेको छ ।

दराजले प्रेषित गरको विज्ञप्ति अनुसार ‘टोकियो–२०२०’ समर ओलम्पिक र नेपालको प्रतिनिधित्व गर्ने खेलाडीहरुको प्रवद्र्धनका लागि सो सम्झौता गरिएको हो ।

एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र दराजका प्रबन्ध निर्देशक लिनो अलरिङले सातदोबाटोस्थित एनओसीको कार्यालयमा सम्झौता पत्रमा हस्ताक्षर गरेको विज्ञप्तिमा जनाइएको छ । दराज अलिबाबा समूहको एक हिस्सा हो । अलिबाबा समूह अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी) को विश्वव्यापी पार्टनर हो ।

यस साझेदारीले दराज र एनओसीबीच टोकियो ओलम्पिक नजिकिँदै गर्दा सहकार्य मजबुत बनाउने लक्ष्य राखेको छ । सँगैसँगै यस सहकार्यले नेपालमा ओलम्पिक र सहभागी खेलाडीलाई अझ बढी प्रकाशमा ल्याउने र प्रवद्र्धनमा साथ दिने विश्वास गरिएको छ ।

सम्झौंतापत्रमा हस्ताक्षर गदैृ ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले भने, ‘एनओसीले दराजको माध्यमबाट नेपाली दर्शकले पनि जुलाई २३ देखि अगस्त ८ सम्म हुने ओलम्पिक हेर्न, यसबारे सुसूचित हुने र विभिन्न सामाजिक सञ्जाल र अन्य माध्यमबाट सहभागी गराउने प्रयास रहनेछ । म दराजलाई यस सहकार्यका लागि कदम अघि बढाएकोमा धन्यवाद दिँदै यो सहकार्य आउने दिनमा पनि जारी रहने आशा व्यक्त गर्छु ।’ त्यसैगरी दराजको प्रवन्ध निर्देशक लिनो अलरिङ्ले नेपाली खेलाडीलाई आउँदो ओलम्पिकमा सफलताका शुभकामना व्यक्त गरे । टोकियो २०२० समर ओलम्पिक २३ जुलाइदेखि सुरु हुँदैछ । २०० बढी देशको सहभागिता रहने यस महोत्सवमा १२ हजार बढी खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । यो साझेदारीको मुख्य लक्ष्य ओलम्पिकको गर्विलो इतिहासको नेपालमा सकेसम्म बढी प्रवद्र्धन होस् भन्ने नै रहेको विज्ञप्तिमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>