Breaking News
नारायणी हेर्न पुगेकालाई घर फर्काउँदै प्रहरी, भिडभाड नगर्न आग्रह
चितवन, असार २
नारायणी नदीको बहाब बढेपछि नदीको अवलोकन गर्न आउनेहरुको भिड पनि बढ्दै गएको छ ।
नयाँ भेरियन्टसहित पुनः तिव्ररुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई कम गर्न चितवनमा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञालाई वेवास्ता गर्दै नारायणी हेर्न जानेहरु भेटिन थालेपछि प्रहरीले उनीहरुलाई तत्कालै घर फर्काउन लागेको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एमव् प्रहरी नायव उपरीक्षक (डीएसपी) सूर्य थापाले निषेधाज्ञामा भिडभाड गर्न नहुने भएका कारण र बहाब बढीरहको नदी छेउमा जानु जोखिम हुने भएकाले नारायणी हेर्न पुगेका हरुलाई घर फर्काइएको बताए ।
उनले महामारी फैलिरहेका बेला नारायणीको दृश्य हेर्न भन्दै नआउन आग्रह गरेका छन् ।
सम्बन्धित समाचार :
तस्विर र भिडियोमा हेरौं इतिहासकै उच्चविन्दुमा पुगेपछिको नारायणी
खतराको तह पार गर्दा यस्तो देखियो नारायणी नदी (तस्विर/भिडियोसहित)


























