aroma
जोडिनुहोस
  • होमपेज
  • खतराको तह पार गर्दा यस्तो देखियो नारायणी नदी (तस्विर/भिडियोसहित)

खतराको तह पार गर्दा यस्तो देखियो नारायणी नदी (तस्विर/भिडियोसहित)

– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, असार १–
नारायणी नदीले खतराको तह पार गरेको छ । चितवनसहित देशका विभिन्न भागमा गए रातिदेखि निरन्तर पानी परेपछि नारायणी नदीको बहाब पनि निरन्तर बढिरहेको छ ।

जल मापन केन्द्र देवघाटका अनुसार नारायणी नदीले खतराको तह नाघिसकेको छ । देवघाट क्षेत्रमा नारायणीले ८ मिटर पानीको सतह पार गरेपछी नारायणीले खतराको तह पार गरेको मानिन्छ । नारायणी नदीमा दिउँसो ५ बजेको समयसम्मा ८.०५ मिटर पानीको सतह मापन गरिएको छ ।

वर्षात नरोकिएका कारण नारायणीको पानी अझै बढ्दै गइरहेको छ । नारायणी बढेपछि नारायणीको अवलोकन गर्न मानिसहरु किनारसम्म पुगेका छन् ।

नदीले खतराको तह पार गरेपछि नदी तटीय क्षेत्रका मानिसहरु त्रासमा बसेका छन् । विषेश गरी पश्चिम चितवनको भरतपुर २६, २७ र नवलपुरको गण्डक नहर क्षेत्रलाई उच्च जोखिम क्षेत्र मानिन्नछ । यो क्षेत्रमा वर्षेनी पानी पस्ने गर्दछ । चितवन प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । पूर्वि चितवन भएर बग्ने राप्ती नदीमा पनि बहाब निरन्तर बढिरहेकाले सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।

बाढीबाट हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै उद्धारकर्मीहरुलाई तैनाथ रुपमा राखिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

अब हेरौं नारायणगढको पुलचोक र ड्यासाइटबाट संवाददाता हिरालाल आचार्य ‘डायमण्ड’ ले बेलुका ५:३० बजे खिचेको तस्विर र भिडियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका